युक्रेनबाट १ लाख १५ हजार भन्दा बढी मानिस पोल्याण्ड प्रवेश गरे: मन्त्री पावेल

वारसा – रुसी आक्रमण सुरु भएदेखि हालसम्म १ लाख १५ हजार भन्दा बढी मानिस युक्रेनबाट पोल्याण्डमा सीमा पार गरिसकेको जनाइएको छ । पोल्याण्डका आन्तरिक मन्त्री पावेल सेफर्नाकरले पत्रकार सम्मेलनमा विगत चार घण्टामा मात्रै १५ हजार मानिस देशमा प्रवेश गरेको बताउनु भयो । बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युद्धबाट भागिरहेका छन् । पोल्याण्ड सरकारले युक्रेनको […]

एक लाख युक्रेनी नागरिक पोल्याण्ड प्रवेश

युक्रेन (किएभ)– रुसी आक्रमण जारी रहँदा युक्रेनबाट लगभग १ लाख मानीसहरु पोल्याण्ड प्रवेश गरेका छन् । बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युद्धबाट भागिरहेका छन् । आक्रमण सुरु भएदेखि लगभग १ लाख मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका हुन । शनिबार दिउँसो सम्म मात्र २० हजार भन्दा बढी मानिसहरू बोर्डरमा पुगिसकेको बीबीसीले जनाएको छ । पोल्याण्ड सरकारले […]

रुसी आक्रमणमा १९८ युक्रेनीको मृत्यु, १,११५ जना घाइते : स्वास्थ्यमन्त्री ल्यास्को

युक्रेन (किएभ) – युक्रेनले रुसी आक्रमणमा अहिलेसम्म १९८ जनाको मृत्यु भएको जनाएको छ । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोका अनुसार रुसी आक्रमणमा तीन बालबालिकासहित १९८ युक्रेनी नागरिकको मृत्यु भएको हो । स्वास्थ्यमन्त्री ल्यास्कोले आफ्नो फेसबुक पेजमा लेख्नु भएअनुसार आक्रमणमा परि थप १,११५ जना घाइते भएका छन्, जसमध्ये ३३ जना बालबालिका छन । युद्धको तेस्रो दिन रूसी […]

अहिलेसम्म ३,५०० रुसी सैनिक मारिएको र २०० जनालाई बन्दी बनाइएको युक्रेनको दाबी

युक्रेन (किएभ) –  युक्रेनले अहिलेसम्म ३,५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको विवरण अनुसार आक्रमणमा संलग्न ३,५०० भन्दा बढी रुसी सैनिक मारिएका र करिब २०० जनालाई बन्दी बनाइएको छ । रुसले हालसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको पनि उनीहरूले दावी गरेका छन् । बीबीसीले यी […]

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्धारा देशबाट निकाल्न सघाउने अमेरिकी प्रस्ताव अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट आफूलाई बाहिर निकाल्न वाशिङटनले गरेको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। जेलेन्स्की आफैंले आफू रुसको पहिलो नम्बरको निशानामा रहेको बताँउदै आउनु भएको छ। अमेरिकी पत्रिका वाशिन्टन पोष्टको रिपोर्ट अनुसार अमेरिकाले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई देश छाड्न चाहे सघाउने प्रस्ताव राख्दै आएको थियो । तर जेलेन्स्कीले भने अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै […]

युक्रेनमा तेस्रो दिन पनि रुसको आक्रमण जारी, भ्लादिमिर पुटिनविरुद्ध अमेरिकी प्रतिबन्ध

एजेन्सी – रुसले युक्रेनमा आज तेस्रो दिन आक्रमण जारी राखेको छ । युक्रेनको राजधानी किएभमा विस्फोटका घटना भइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको हो । युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा […]

रुसले फेसबुकमाथि प्रतिबन्ध लगायो

मस्यो – रुसले सामाजीक संजाल फेसबुक माथि प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले फेसबुकमा सीमित पहुँच गरेको बीबीसीले जनाएको छ । फेसबुकमा प्रतिबन्ध लगाएपछि रूसको सञ्चार नियामक रोस्कोमनाडजोरले रुसी नागरिकहरूको अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको आरोप लगाए । नियामकले फेसबुकलाई राज्य समाचार एजेन्सी आरआईए, राज्य टिभी च्यानल ज्वेज्दा र क्रेमलिन समर्थक समाचार […]