रुसी आक्रमणमा १९८ युक्रेनीको मृत्यु, १,११५ जना घाइते : स्वास्थ्यमन्त्री ल्यास्को

युक्रेन (किएभ) – युक्रेनले रुसी आक्रमणमा अहिलेसम्म १९८ जनाको मृत्यु भएको जनाएको छ । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोका अनुसार रुसी आक्रमणमा तीन बालबालिकासहित १९८ युक्रेनी नागरिकको मृत्यु भएको हो ।

स्वास्थ्यमन्त्री ल्यास्कोले आफ्नो फेसबुक पेजमा लेख्नु भएअनुसार आक्रमणमा परि थप १,११५ जना घाइते भएका छन्, जसमध्ये ३३ जना बालबालिका छन ।

युद्धको तेस्रो दिन रूसी आक्रमणकारीले विस्फोटहरू गरिरहेको पनि जनाइएको छ । साथै स्वास्थ्यमन्त्री ल्यास्कोले हिजो खेरसोनको प्रसूति गृहमा बम विष्फोट भएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै, ल्यास्कोले देशका जनतालाई स्वास्थ्य सेवा दिने कार्य जारी राखेको पनि बताउनु भएको छ ।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १६:१३