युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्धारा देशबाट निकाल्न सघाउने अमेरिकी प्रस्ताव अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट आफूलाई बाहिर निकाल्न वाशिङटनले गरेको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। जेलेन्स्की आफैंले आफू रुसको पहिलो नम्बरको निशानामा रहेको बताँउदै आउनु भएको छ।

अमेरिकी पत्रिका वाशिन्टन पोष्टको रिपोर्ट अनुसार अमेरिकाले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई देश छाड्न चाहे सघाउने प्रस्ताव राख्दै आएको थियो । तर जेलेन्स्कीले भने अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै आएको वाशिन्टन पोष्टले लेखेको छ।

राष्ट्रपति जेलेन्स्कीले लडाई यहाँ छ। मलाई गोला बारुद चाहिन्छ, सवारी होइन भनेर जवाफ दिएको पनि समाचारमा जनाइएको छ ।

जेलेन्स्कीले देशबासीलाई सम्बोधन गर्दै रुसी आक्रमणसँग नडराउने बताउँदै आउनु भएको छ । उहाँले भन्नु भएको छ, ‘हामी रुससँग डराउँदैनौं, आक्रमण नरोकिएसम्म देशको रक्षाको लागि लडिरहन्छौ ।’


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १२:३९