रुसले फेसबुकमाथि प्रतिबन्ध लगायो

मस्यो – रुसले सामाजीक संजाल फेसबुक माथि प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले फेसबुकमा सीमित पहुँच गरेको बीबीसीले जनाएको छ ।

फेसबुकमा प्रतिबन्ध लगाएपछि रूसको सञ्चार नियामक रोस्कोमनाडजोरले रुसी नागरिकहरूको अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको आरोप लगाए ।

नियामकले फेसबुकलाई राज्य समाचार एजेन्सी आरआईए, राज्य टिभी च्यानल ज्वेज्दा र क्रेमलिन समर्थक समाचार साइटहरूमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् ।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार ११:०४