युक्रेनबाट १ लाख १५ हजार भन्दा बढी मानिस पोल्याण्ड प्रवेश गरे: मन्त्री पावेल

वारसा – रुसी आक्रमण सुरु भएदेखि हालसम्म १ लाख १५ हजार भन्दा बढी मानिस युक्रेनबाट पोल्याण्डमा सीमा पार गरिसकेको जनाइएको छ । पोल्याण्डका आन्तरिक मन्त्री पावेल सेफर्नाकरले पत्रकार सम्मेलनमा विगत चार घण्टामा मात्रै १५ हजार मानिस देशमा प्रवेश गरेको बताउनु भयो ।

बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युद्धबाट भागिरहेका छन् । पोल्याण्ड सरकारले युक्रेनको युद्धबाट भाग्ने जो कोहीलाई पनि ल्याउने र जाने ठाउँ नभएकाहरूलाई अस्थायी आवास दिने प्रतिबद्धता जनाइसकेको छ ।

पोल्याण्डले मानिसहरूलाई आफ्नो सबै आठ सिमा नाकाहरुमा पैदल मार्फत सिमा पार गर्न अनुमति दिइरहेको छ । युक्रेनको जनसंख्या चार करोड ४० लाख छ ।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार २०:१२