एक लाख युक्रेनी नागरिक पोल्याण्ड प्रवेश

युक्रेन (किएभ)– रुसी आक्रमण जारी रहँदा युक्रेनबाट लगभग १ लाख मानीसहरु पोल्याण्ड प्रवेश गरेका छन् । बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युद्धबाट भागिरहेका छन् । आक्रमण सुरु भएदेखि लगभग १ लाख मानिसहरू पोल्याण्डमा प्रवेश गरिसकेका हुन ।

शनिबार दिउँसो सम्म मात्र २० हजार भन्दा बढी मानिसहरू बोर्डरमा पुगिसकेको बीबीसीले जनाएको छ । पोल्याण्ड सरकारले युक्रेनको युद्धबाट भाग्ने जो कोहीलाई पनि ल्याउने र जाने ठाउँ नभएकाहरूलाई अस्थायी आवास दिने प्रतिबद्धता जनाइसकेको छ ।

पोल्याण्डले मानिसहरूलाई आफ्नो सबै आठ सिमा नाकाहरुमा पैदल मार्फत सिमा पार गर्न अनुमति दिइरहेको छ । युक्रेनको जनसंख्या चार करोड ४० लाख छ ।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार १७:४२