अनेरास्ववियु बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्षमा सुमन शिवाकोटी

काठमाडौं : अनेरास्ववियु बागमती प्रदेश सम्पर्क कमिटिको अध्यक्षमा सुमन शिवाकोटी चयन हुनु भएको छ । सम्पर्क कमिटिको प्रथम भेलाबाट शिवाकोटी अध्यक्षमा चयन हुनु भएको हो ।

त्यस्तै, कमिटिको उपाध्यक्षमा विकल ढुंगाना, सचिवमा आर.के थपलिया, सहसचीवमा विवेक पौडेल, राजकुमार भण्डारी र सबिता पौडेल चयन हुनु भएको छ ।

This image has an empty alt attribute; its file name is suman-pic-1024x579.jpg

त्यस्तैगरि, सदस्यहरुमा अशोक भट्ट, पर्शुराम जोशी, सन्देश कार्की, उमेश लामा, दिपीका बस्नेत, निरज श्रेष्ठ, पशुपति भण्डारी, नवीन राउत चयन हुनु भएको छ ।


प्रकाशित | १४ माघ २०७९, शनिबार २०:२८