गोकर्णेश्वरमा मेयर रिसालको संयोजकत्वमा सामुदायिक प्रहरी पालिका समिति गठन

काठमाडौं:  गोकर्णेश्वरमा सामुदायिक प्रहरी पालिका समिति गठन गरिएको छ । नगर प्रमुख दिपक कुमार रिसालको संयोजकत्वमा पालिकास्तरीय सामुदायिक प्रहरी समिति गठन गरिएको हो ।

This image has an empty alt attribute; its file name is 1-3-1024x768.jpg

समितिको सहसंयोजकमा नगर उपप्रमुख सान्नानी लामा, प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, सदस्य सचिवमा प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सूर्य बहादुर रानामगर रहनु भएको छ ।

त्यस्तै, सदस्यहरुमा वडा नं. ८ का वडाध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडाध्यक्ष तथा सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष नवराज लामा, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, चामुण्डा माविका शिक्षक शत्रुधन सुवेदी हुनुहुन्छ ।

This image has an empty alt attribute; its file name is 330821520_720289749494381_6202932159996475301_n-1024x768.jpg

त्यस्तैगरि, पूर्व प्रहरी निरीक्षक रमेश सुवेदी, अघौँतेश्वर महिला समूहबाट विन्दा तिमिल्सिना, बिहानी एकल महिला समूहबाट झुमा लामा, परिवर्तनशील महिला समूहबाट मनिष कटुवाल, शिक्षा शाखा प्रमुख टेकेन्द्र ढकाल, ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष श्याम खतिवडा, युवा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, सञ्चारकर्मी चन्द्र मणी गौतम, समाजसेवी कुमार सुवेदी, प्रहरी प्रभाव गोकर्णबाट शोभित अर्याल, प्रहरी चौकी जोरपाटीबाट सोम कुमार श्रेष्ठलगायत हुनुहुन्छ ।

सो अवसरमा बोल्नुहुँदै मेयर रिसालले टोलटोल र समाजमा कहाँ कहाँ अपराधीक घटना घट्दैछन भनेर प्रहरीलाई जानकारी गराउनुपर्ने दायित्व समुदायको भएको र सोही अवधारण अनुसार समुदाय प्रहरी साझेदारी भनीएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 3-1-1024x768.jpg

नगरपालिकाले धेरै बजेट विनियोजन गरेर लागुऔषध नियन्त्रण गर्नका लागि प्रयास गरिरहेको जानकारी गराउनुहुँदै मेयर रिसालले टोलटोल र स्कुल स्कुलमा यसलाई अझ प्रभावकारी ढंगले कार्यक्रम जारी राख्ने बताउनुभयो ।


प्रकाशित | २ फाल्गुन २०७९, मंगलवार १८:२१