शिवरात्रीको अवसरमा डोलेश्वरमा सरसफाई कार्यक्रम

भक्तपुर:  भक्तपुरको डोलेश्वमा शिवरात्रीको अवसर पारेर सरसफाई गरिएको छ । महान पर्ब शिवरात्रीको अवसरमा केदारनाथ शिर डोलेश्वोर मन्दिर संरक्षण तथा बिकाश समिति र डिभिजन बन कार्यालयको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।

No description available.

वडा नंं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार मन्दिरलाई सफा र प्लास्टिकमुक्त बनाउने अभियानको सुरुवातअनुसार सरसफाई गरिएको हो ।

No description available.

सरसफाई कार्यक्रममा बागमती प्रदेश सभासद किरण थापा, वडा अध्यक्ष पुष्पराज बस्नेत, समितिका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक बन महासंघ, नेप्से म्याक, समानान्तर निर्माण सेवा लगायत स्थानीय संघ संस्थाले सहयोग गरेका थिए ।

No description available.

प्रकाशित | ५ फाल्गुन २०७९, शुक्रबार २०:५०