सूर्यविनायक नगरपालिकाको १३ औं नगर अधिवेशनमा प्रस्तुत प्रस्तावहरु सर्वसम्मत पारित

भक्तपुर : सूर्यविनायक नगरपालिकाको १३ औं नगर अधिवशेनका विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा सम्पन्न नगर सभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो ।

१३ औं नगर अधिवेशनको निर्णयबारे जानकारी गराउनु हुँदै मेयर बासुदेव थापा 

नगर सभामा उपमेयर सरिता तिमिल्सिना, १० वटै वडाका वडाध्यक्षहरु, विभिन्न विषयगत समितिका अध्यक्षहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो प्रस्ताव उपर छलफल हुँदा सबै प्रस्तावहरु सर्वसम्मत पारित भएको हो ।

This image has an empty alt attribute; its file name is IMG_1356-1024x683.jpg

नगर सभामा १० वटै वडाध्यक्षहरुले चालु ६ महिनामा भए गरेका कामको प्रतिवेदन तथा आय ब्यय र राजस्व के कति संकलन भयो भन्ने विषयमा पनि जानकारी गराइएको थियो । मेयर थापाले आवश्यक ऐन कानुन तथा विभिन्न बजेटलाई संशोधन गर्दै सर्वसम्मत पारित गरिएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_1353-1024x683.jpg

पहिलो पाँच वर्षे कार्यकालमा १२२ वटा बैठकहरु सर्वसम्मत पारित गर्न सफल मेयर थापा दोस्रो कार्यकालमा पनि नगर कार्यपालिकाका हरेक बैठक र सबै नगर अधिवेशन सर्वसम्मत रुपमा पारित गर्न सफल भइरहनु भएको छ ।  

This image has an empty alt attribute; its file name is IMG_1359-1024x683.jpg

मेयर थापाले सबै पक्षलाई समेटेर नगरको विकासमा लागिपरेकै कारण हरेक निर्णयहरु सर्वसम्मत रुपमा पारित हुने गरेको नगर सभाका सदस्यहरु बताउँछन् ।

This image has an empty alt attribute; its file name is IMG_1381-1024x683.jpg

This image has an empty alt attribute; its file name is IMG_1405-1024x683.jpg

This image has an empty alt attribute; its file name is 13-1024x768.jpg


प्रकाशित | १८ माघ २०७९, बुधबार १८:५३