

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको महानगरीय प्रहरी वृत्तलाई कागेश्वरी मनोहरा नगरपालिकामा सार्न मेयर उपेन्द्र कार्कीले सक्रियता बढाउनु भएको छ । मेयर कार्कीले बौद्धको प्रहरी वृत्तलाई कागेश्वरीको वडा नम्बर ६ मा सार्न सक्रियता बढाउनु भएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बौद्ध प्रहरी वृत्तलाई मनोहराभित्र राख्न आफू सक्रियतापूर्वक लागिरहेको बताउँदै प्रक्रिया पुर्याएर बढीमा १० दिनमा टुंग्याउने गरी अगाडि बढेको जानकारी दिनुभयो ।
मेयर कार्कीका अनुसार प्रहरी वृत्त स्थापनाका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्न तयार छ। प्रहरी प्रशासनलाई आधुनिकीकरण गर्दै नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सफल हुने विश्वास मेयर कार्कीको छ ।
कागेश्वरीमा बढ्दो जनसंख्यासँगै अपराधका घटनामा वृद्धि भएकोले शान्ति सुरक्षाका लागि प्रहरी वृत्त सार्नुपर्ने आवश्यकता देखिएको मेयर कार्कीले प्रष्ट पार्नुभयो ।

प्रकाशित | १६ माघ २०७९, सोमबार २०:३५