काठमाडौं : वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथि वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे । ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था […]
काठमाण्डौ: सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनीक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने योजना बनाएको जानकारी गराउनुभयो ।
काठमाण्डौ: आर्थिक वर्ष २०७६ ०७७ को बजेटमा श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ । बेरोजगार सूचीमा सूचीकृत भएका युवालाई स्थानीय स्तरमै विकास निर्माणको काममा लगाइने पनि बजेटमा उल्लेख छ । साथै आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत युवा परिचालन गर्ने पनि सरकारको लक्ष्य छ ।
दिनेश दुलाल /फुलपिङकट्टी (सिन्धुपाल्चोक ) नेपालका लागि चिनियाँ राजदुत होउ यान छि ले नेपालको विकास र सम्मृद्धिको लागि सबै नेपालीको फराकिलो मन हुन आवश्यक रहेको बताउनुभएको छ । तातोपानी नाका सञ्चालनको पूर्व सन्ध्यामा भोटेकोशी गाउँपालिका पुगेकी चिनियाँ राजदुत छि ले जनप्रतिनिधि संगको अन्तरक्रिया क्रममा उक्त धारणा राख्नुभको हो । आफ्नो मुलुक चिनको भनाईलाई उदृत गर्दै […]
मकाउ: भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले मकाउमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली महावणिज्य दुतावास हङ्कङ/ मकाउ र गैर आवसिय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउमा दोश्रो पटक सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ आयोजना गरिन लागिएको हो । एनआरएन मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित पर्यटन बर्ष […]
हङकङ: हङकङमा सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा आइतबार बिहान सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ गरिएको हो । एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङका अनुसार मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै करिब १० किलोमिटरको दुरिमा रहेको भिक्टोरिया पिकमा पुगी […]
काठमाडौं : आफ्ना कारणले अन्य व्यवसायिक उडान प्रभावित भएको भन्दै मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्कोले राजीनामा दिएकी छन् । आफू सवार विमानका कारण अन्य विमान आधा घण्टा बढी ढिलो भएपछि उनले पदबाट राजिनामा दिएको रोयटर्सले जनाएको छ। शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि व्यापक आलोचना भएको थियो। सरकारी कामको शिलशिलामा […]