काठमाडौं : वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथि वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे ।
ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था गर्न लागको हो । वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका युवाले हुण्डीमार्फत रकम पठाउने गरेको धेरैको अनुमान भइरहेको बेला सरकारले त्यस्तो तयारी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०८:३१