‘भिजिट नेपाल-२०२०’ सफल बनाउन मकाउमा ‘एभरेष्ट हाइकिङ’ आयोजना गरिदैं

मकाउ: भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले मकाउमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली महावणिज्य दुतावास हङ्कङ/ मकाउ र गैर आवसिय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउमा दोश्रो पटक सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ आयोजना गरिन लागिएको हो ।

एनआरएन मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित पर्यटन बर्ष २०२० सफल बनाउन यहि आउँदो २३ जुन २०१९ आइतबारको दिन ‘एभरेस्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिन लागिएको हो । अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागि हुन सबैमा आह्रवान समेत गर्नुभएको छ । ‘एभरेस्ट हाइकिङ’ पान्डा पार्क नजिकै पेट्रोल पम्प नजिकैको गेटबाट शुरू हुनेछ ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १८:४७