आफ्नो कारणले उडान ढिला भएको भन्दै मेक्सिकोकी मन्त्रीले राजीनामा दिइन्

काठमाडौं : आफ्ना कारणले अन्य व्यवसायिक उडान प्रभावित भएको भन्दै मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्कोले राजीनामा दिएकी छन् । आफू सवार विमानका कारण अन्य विमान आधा घण्टा बढी ढिलो भएपछि उनले पदबाट राजिनामा दिएको रोयटर्सले जनाएको छ।

शनिबार उनी सवार विमानका कारण अरु विमानको उडान प्रभावित भएपछि व्यापक आलोचना भएको थियो। सरकारी कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छु, ट्विटरमा उनले भनेकी छन्। २०१८ डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेको समाचारमा जनाइएको छ। उनी एक हप्ताभित्रै राजिनामा दिने दोस्रो मन्त्री हुन्। एजेन्सी


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १५:४१