हङकङमा सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ (फोटोफिचर)

हङकङ: हङकङमा सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा आइतबार बिहान सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ गरिएको हो ।

एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङका अनुसार मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै करिब १० किलोमिटरको दुरिमा रहेको भिक्टोरिया पिकमा पुगी हाइकिङ समापन गरिएको हो ।

कार्यक्रममा बाक्लो संख्यामा सहभागीता रहेको थियो । कार्यक्रमा सहभागीलाई निःशुल्क टि सर्ट, लन्च बक्स तथा पदक प्रदान गरिएको थियो । कार्यक्रममा विदेशी कुटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी हुनुभएको थियो । गत वर्ष बिभिन्न देशबाट कन्सुलेटहरू तथा चाईनिजहरूको पनि सहभागी रहेको थियो ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार २०:१९