चितवन-२ मा रवि लामिछाने ३२ हजार मतले अगाडि

काठमाडौँ -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम् प्रतिस्पर्धी भन्दा ३२ हजारबढी मतले उछिनेका छन् । लामिछानेले ४० हजार ६१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् । […]

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

काठमाडौं -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४ हजार ७९६ मत ल्याएर विजयी भएका छन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र […]

उपनिर्वाचन: मौन अवधि लागू

काठमाडौँ -आइतबार हुने उपचुनावअन्तर्गत वैशाख ७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएको छ। बारा २, तनहुँ १ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। मतदान हुने दिनको अघिल्लो […]

आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धाभाव गरेर मनाइँदै

काठमाडौँ -जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा औंसी पनि भनिन्छ । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व धेरै छ । आमा नभएकाहरू भने आमालाई तर्पण […]

आजको मौसम पूर्वानुमान!

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मधेश प्रदेश बाहेकका प्रेदशको पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम‚ कर्णाली‚ गण्डकी‚ बागमती र कोशी प्रदेशको पहाडी भू–भागको केही ठाउँमा वर्षाको सम्भावना रहेको छ। बिहीबार बिहान सुदूरपश्चिम‚ गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको मौसम सफा नभए पनि वर्षा नहुने महाशाखाले जनाएको छ। दिउँसो […]

बक्यौता नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौं -स्मार्ट टेलिकम प्रालिले अनुमति र सेवा सञ्चालनको बक्यौता नबुझाएपछि टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । स्मार्ट टेलिकम कम्पनीको लाइसेन्स रद्द भएपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएको र नवीकरण दस्तुरका रुपमा […]

सन्तोष कार्की स्मृति प्रतिष्ठानद्धारा दिप प्रज्वलन

काठमाडौं–सन्तोष कार्की स्मृति प्रतिष्ठानले कागेश्वरी मनोहरा नगरपालिकाको अर्धनारेश्वर मन्दिर प्रांगणमा दिप प्रज्वलन तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । सन्तोष कार्कीको २२ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरेको गरिएको हो । २०६६ साल माघ ६ गतेका दिन काठमाडौंको काँडाघारिस्थित बीरेन्द्र चोकमा गोली काण्डमा परेर असामयिक निधन भएका स्व.सन्तोष कार्कीको सम्झनामा स्थापित प्रतिष्ठानले हरेक वर्ष […]