सन्तोष कार्की स्मृति प्रतिष्ठानद्धारा दिप प्रज्वलन

काठमाडौं–सन्तोष कार्की स्मृति प्रतिष्ठानले कागेश्वरी मनोहरा नगरपालिकाको अर्धनारेश्वर मन्दिर प्रांगणमा दिप प्रज्वलन तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । सन्तोष कार्कीको २२ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरेको गरिएको हो ।

२०६६ साल माघ ६ गतेका दिन काठमाडौंको काँडाघारिस्थित बीरेन्द्र चोकमा गोली काण्डमा परेर असामयिक निधन भएका स्व.सन्तोष कार्कीको सम्झनामा स्थापित प्रतिष्ठानले हरेक वर्ष उनको जन्म दिनको अवसर पारेर दिप प्रज्जवलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की,उपप्रमुख शान्ता थापा ,वडा अध्यक्ष भिमसेन थापा, प्रतिष्ठानका अध्यक्ष डा.बासुदेब कार्की, उपाध्यक्ष शम्भु कार्की (स्व.सन्तोष कार्कीका पिता), सचिव अमृत बहादुर खड्का, कोषाध्यक्ष गोबिन्द कार्की, सदस्यहरु शैलेन्द्र रायमाझी, ,कुन्दन खड्का,समाजसेवी गया प्रसाद उपाध्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार घनश्याम गौतमको टिमले सडक नाटक प्रस्तुत गरेको थियो ।

 

 

 


प्रकाशित | २८ चैत्र २०७९, मंगलवार २३:०४