आजको मौसम पूर्वानुमान!

काठमाडौँ -मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मधेश प्रदेश बाहेकका प्रेदशको पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम‚ कर्णाली‚ गण्डकी‚ बागमती र कोशी प्रदेशको पहाडी भू–भागको केही ठाउँमा वर्षाको सम्भावना रहेको छ।

बिहीबार बिहान सुदूरपश्चिम‚ गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको मौसम सफा नभए पनि वर्षा नहुने महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम‚ कर्णाली‚ गण्डकी बागमती र कोशी प्रदेशको पहाडी भेगको एक(दुई हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रकाशित | ७ बैशाख २०८०, बिहीबार १२:०८