तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

काठमाडौं -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४ हजार ७९६ मत ल्याएर विजयी भएका छन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।


प्रकाशित | १२ बैशाख २०८०, मंगलवार ०६:१५