चितवन-२ मा रवि लामिछाने ३२ हजार मतले अगाडि

काठमाडौँ -प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम् प्रतिस्पर्धी भन्दा ३२ हजारबढी मतले उछिनेका छन् । लामिछानेले ४० हजार ६१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६७ मत प्राप्त गरेका छन् ।


प्रकाशित | १२ बैशाख २०८०, मंगलवार ०६:३७