एनआरएनएका मुख्य १० कार्य योजना कार्यान्वयनमा सफलता : महासचिव प्रतिवेदन

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले सन् २०२१ अक्टोबर (२३–२५) मा आयोजना हुन लागेको गैर आवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको छ । शर्माले संघको ९ औँ महाधिवेशनबाट कुमार पन्तको नेतृत्वमा गठित कार्यसमितिले गरेका कामहरूको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । शर्माले सार्वजनिक […]

एनआरएनएमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल शूरु

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सर्वसम्मत नेतृत्वको लागि गृहकार्य शूरु भएको छ । संघको निर्वाचन नजिकिंदै जाँदा सर्वसम्मत नेतृत्वको लागि गृहकार्य शूरु भएको हो । प्रतिनिधिको विवाद टुंगो लाग्ने लक्षण देखिएसँगै नेतृत्वको लागि सर्वसम्मतीको प्रयास शूरु गरिएको हो । निर्वाचनको लागि अहिलेसम्म वर्तमान उपाध्यक्ष डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल […]

एनआरएनए अध्यक्षमा थापाको औपचारिक उम्मेदवारी घोषणा, थापा प्यानलबाटै उपाध्यक्षमा गुरुङ र महासचिवमा अधिकारी

काठमाडौं – गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान उपाध्यक्ष थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । घोषणा सभामा बोल्दै थापाले पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको बताउनु भयो । उहाँले अमेरिकाले यो पटक इतिहास […]

एनआरएनएको विवाद सल्ट्याउन सम्वाद शूरु

काठमाडौं – गैर आवासीय नेपाली संघले तोकिएको समयमा निर्वाचन गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग सम्वाद शूरु गरेको छ । संघले तोकिएको समयमा निर्वाचन गर्न सम्वाद शूरु गरेको हो । मन्त्रालयले तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएपछि संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशक राजेश राणा सम्मिलीत टोलीले मन्त्रालयका सहसचिव तथा […]

एनआरएनए यूरोप सहसंयोजकमा यूकेबाट दयानिधी सापकोटाको उम्मेदवारी

लण्डन – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा यूकेबाट दयानिधि सापकोटाले युरोप क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सापकोटाले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि हुन गइरहेको निर्वाचनमा क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए अभियान लामो समय चल्ने भएकाले तल्लो तहदेखि काम गर्दै विस्तारै माथिल्लो तहमा पुग्ने सोचअनुरुप […]

तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सकियो, २८ बुँदे लन्डन घोषणापत्र जारी (पूर्णपाठसहित)

लन्डन-  २८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ। “स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको […]

एनआरएनए ओशिनिया क्षेत्रीय सहसंयोजकमा न्यूजील्याण्डबाट रामराज ओलीको उम्मेदवारी

न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) ओशिनिया क्षेत्रीय सहसंयोजकमा न्यूजील्याण्डबाट रामराज ओलीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ओलीले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनसिसी न्यूजील्याण्डमा स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनु भएको ओलीले सन् २०१७-२०१९ मा महासचिव भएर जिम्मेवारी निर्वाह गर्नु भएको थियो । ओलीले […]