भुपूब्रिटिश गोर्खाको मुद्धामा गम्भीर बन्न डा. केसीको सरकारसँग आग्रह

काठमाडौं – ब्रिटिश गोर्खाहरूको समान पेन्सनको विषयमा वार्ता टोली गठन गर्न विलम्ब भएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष, वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी विभागका सभापति डा. बद्री केसीले नेपाल सरकारसँग आग्रह गर्नु भएको छ। उहाँले ८ सेप्टेम्बरमा बेलायती प्रतिनिधि र नेपाली प्रतिनिधिबीच वार्ता भएर समस्या समाधानका लागि डिसेम्बरको अन्त्यमा बस्ने निर्णय […]

एनआरएनए प्रतिनिधिहरुलाई डिसेम्बर १० सम्म सेल्फि लिन र डकुमेन्ट अपडेट गर्न आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनको लागि निर्वाचन समितिले फेस प्रमाणीकरण (सेल्फि) मार्फत डिसेम्बर २६ र २७ मा अनलाइन मतदान गर्ने तयारी गरेको छ । निर्वाचन समितिले सेल्फि नदिएका र कागजात नपुगेकाहरुलाई तत्तकाल अपडेट (अध्यावधिक) गर्न आग्रह गरेको हो । निर्वाचन समितिको अनुरोध अनुसार महाधिवेशन प्रतिनिधि चयन भएका व्यक्तिहरूले १० डिसेम्बरभित्र निम्नानुसार विवरण […]

अन्तत: एनआरएनएको निर्वाचन प्रक्रिया अघि बढ्यो, मतदाता नामावली प्रकाशित

त्रुट्टि सच्याउन र सदस्यता शुल्क नबुझाउनेलाई दुई दिनको समयसीमा काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो रस्साकसीपछि निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढेको छ । एनआरएनएको निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन सम्बन्धी प्रक्रियालाई अगाडि बढाएको हो । प्रकाशित नामावलीमा ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरिएको छ । निर्वाचन […]

एनसिसीबाट विधानसम्मत आएका प्रतिनिधिहरुलाई मान्यता दिन्छौ: कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय परिषद्हरुले विधानसम्मत पठाएका प्रतिनिधिहरुलाई मान्यता दिने बताउनु भएको छ । अध्यक्ष पन्तले विभिन्न देशबाट विधानसम्मत तरिकाबाट आएका प्रतिनिधिहरुलाई मान्यता दिने र सोही अनुसारको नामावली निर्वाचन कमिटिलाई पठाइने बताउनु भएको हो । आगामी निर्वाचनको लागि आज साझ मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पाटन […]

अदालतको आदेशपछि कुल आचार्यको प्रतिक्रिया – मुद्दा कुन उद्देश्यले दायर गरिएको थियो भन्ने स्पष्ट भयो

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएलाई पद्धति र पारदर्शितामा आधारित समावेशी संस्था बनाउने अभियान जारी राख्ने बताउनु भएको छ । उच्च अदालत पाटनबाट परराष्ट्रका पत्रहरु कार्यान्वयन नगर्न आदेशसँगै आचार्यले सो प्रतिक्रिया दिनु भएको हो । आचार्यले सामाजीक सञ्जालमा लेख्नु भएको छ, ‘उच्च अदालत पाटनमा कुन […]

अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिऔं : डा. हेमराज शर्मा

काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले उच्च अदालत पाटनले एनआरएनएको आसन्न निर्वाचन र १० औ महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न दिएको आदेशलाई कसैको जित र हारको रुपमा लिन नहुने बताउनु भएको छ । महासविच शर्माले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै महाधिवेशन नरोक्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको भन्दै […]

एनआरएनएको निर्वाचन सम्बन्धी परराष्ट्रले पठाएका पत्रहरु कार्यान्वयन नगर्न अर्को आदेश, सोमबार मतदाता नामावली प्रकाशन हुने

काठमाडौं – उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघलाई परराष्ट्र मन्त्रालयले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्ने पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिने भएको छ । न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले यसअघि न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। संघको तर्फबाट डा भिमार्जुन आचार्य, […]