अदालतको आदेशपछि कुल आचार्यको प्रतिक्रिया – मुद्दा कुन उद्देश्यले दायर गरिएको थियो भन्ने स्पष्ट भयो

काठमाडौं – गैर आवासीय नेपाली संघका सल्लाहकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले एनआरएनएलाई पद्धति र पारदर्शितामा आधारित समावेशी संस्था बनाउने अभियान जारी राख्ने बताउनु भएको छ । उच्च अदालत पाटनबाट परराष्ट्रका पत्रहरु कार्यान्वयन नगर्न आदेशसँगै आचार्यले सो प्रतिक्रिया दिनु भएको हो ।

आचार्यले सामाजीक सञ्जालमा लेख्नु भएको छ, ‘उच्च अदालत पाटनमा कुन उद्देश्यले मुद्दा दायर गरिएको थियो भन्ने अहिले स्पष्ट भएको छ। तर सत्यको विजय निश्चित छ । म संसारभरि रहनुभएका सच्चा एनआरएन साथीहरुलाई धैर्य गर्न अनुरोध गर्दछु।’

त्यस्तै, विगतमा झैं आउँदा दिनमा पनि दरिलो एकता र सहकार्य एक मात्र शर्त हुने पनि बताउनु भयो ।

 


प्रकाशित | १९ मंसिर २०७८, आईतवार २२:५३