अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिऔं : डा. हेमराज शर्मा

काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले उच्च अदालत पाटनले एनआरएनएको आसन्न निर्वाचन र १० औ महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न दिएको आदेशलाई कसैको जित र हारको रुपमा लिन नहुने बताउनु भएको छ ।

महासविच शर्माले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै महाधिवेशन नरोक्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको भन्दै यसलाई कसैको जित र हारको रुपमा लिन नहुने बताउनु भएको हो ।  ‘अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिई हाम्रा समस्याको समाधान हामी भित्रै खोज्न पुनः प्रयत्न गरौ’, उहाँले भन्नुभयो ।

महासचिव शर्माले अहिले सम्म भएका घटनाहरुबाट पाठ सिक्दै आत्मसमीक्षा गर्न पनि आग्रह गर्नु भयो । ‘सबैको आत्मसम्मान हुने वातावरण तयार गरौ । विधानको सर्वोच्चतालाई स्विकार गरौ’, डा. शर्माले थप्दै भन्नु भयो ।

त्यस्तै, सबैलाई निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन र संघको एकता कायम गर्न भूमिका खेल्न पनि अपिल गर्नु भएको छ ।


प्रकाशित | १९ मंसिर २०७८, आईतवार २२:३१