एनआरएनए प्रतिनिधिहरुलाई डिसेम्बर १० सम्म सेल्फि लिन र डकुमेन्ट अपडेट गर्न आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनको लागि निर्वाचन समितिले फेस प्रमाणीकरण (सेल्फि) मार्फत डिसेम्बर २६ र २७ मा अनलाइन मतदान गर्ने तयारी गरेको छ । निर्वाचन समितिले सेल्फि नदिएका र कागजात नपुगेकाहरुलाई तत्तकाल अपडेट (अध्यावधिक) गर्न आग्रह गरेको हो ।

निर्वाचन समितिको अनुरोध अनुसार महाधिवेशन प्रतिनिधि चयन भएका व्यक्तिहरूले १० डिसेम्बरभित्र निम्नानुसार विवरण भर्नुपर्नेछ:-

१. महाधिवेशन प्रतिनिधिहरुको एनआरएनए एमआइएसमा आफ्नो नाम दर्ता भएको हुनुपर्छ ।

२. सेल्फि लिनको लागि आफ्नो मोबाइलमा “Smart NRNA” आप डाउनलोड गर्नु पर्छ ।

३. उक्त एपमा एकाउन्ट लगइन गरे पछि सेल्फि दिएको छैन भने त्यसको जानकारी आउछ (तल हेर्नस) । त्यसमा किलिक् गरेर सेल्फि लिन सकिन्छ ।

४. अमेरिका र अष्ट्रेलियाका महाधिवेशन प्रतिनिधिहरुले समेत एमआइएस मार्फत सेल्फि लिन सक्ने छन् ।

५. सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित भएको कागजात पहिला बुझाउन छुटेको भए इमेल (membership@nrna.org) मार्फत पठाउनु होला ।


प्रकाशित | २३ मंसिर २०७८, बिहीबार ०९:५४