लाप्राक : गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा जुटेको छ । गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हस्तान्तरणको तयारीमा एनआरएनए जुटेको हो । गत २०७५ असोजको ‘एनआरएन डे’ मा हस्तान्तरण गर्ने भनीए पनि निर्माण कार्य सम्पन्न […]
काठमाडौं : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा इन्द्रकुमारी नेपालको मंगलबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो । कतारका पुराना व्यवसायी तथा सामाजिक अगुवा समेत रहेका सागर नेपालकी आमा इन्द्रकुमारी नेपाल पछिल्लो समय अस्वस्थ रहनुभएको थियो । उहाँको काठमाडौ कलंकीमा अवस्थित निवासमै निधन भएको हो […]
टोकियो : गैर आवासीय नेपाली संघ (जापान ) ले नवौं राष्ट्रिय अधिवेसनलाई मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन र नयाँ सदस्यता आह्रवानको लागि कार्यतालिका सार्वजनीक गरेको । एनसिसी जापानले क्षेत्रीय समितिहरुको अधिवेसन, नयाँ सदस्यता आह्वान र रासपको नबौं अधिवेसन सम्वन्धि कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनएन जापान महासचिव बुद्धिराज घिमिरेका अनुसार आगामी (२०१९ २०२१ ) कार्यकालको लागि […]
मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउले सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स (पिए ) नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरलाई सम्मान गरेको छ । यही अप्रिल १० र ११ तारिकमा मकाउ सरकारले आयोजना गरेको महिला तथा बालबालिकाको शिक्षा सम्बन्धि सम्मेलनमा भाग लिन आउनुभएको सामाजिक अभियन्ता रानालाई एनआरएनए मकाउले स्वागत तथा सम्मान गरिएको एनआरएनए मकाउ […]
कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए )कोरियाले हावाहुरी प्रभावीतको लागि पहिलो चरणमा आइसिसीको आपत्तकालीन कोषमा संकलीत रकममध्ये ४ लाख २३ हजार १ सय ७७ रुपैयाँ पठाएको छ । वारा र पर्सामा आएको हावाहुरी प्रभावीतको लागि संकलन भएको रकम आपत्तकालीन कोषमा पठाइएको एनआरएनएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले जानकारी गराउनुभयो । अध्यक्ष गुरुङका अनुसार विभिन्न ब्यक्तीहरुबाट […]
मकाउ : बारा र पर्सामा आएको हावाहुरी प्रभावीतको लागि गैर अवाासीय नेपाली संघ (एनआरएनए ) मकाउले पहिलो चरणमा एओपी ३५ हजार ७ सय १७ पठाएको छ । एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीका अनुसार नेपाली झन्डै ५ लाख रुपैयाँ वरावरको रकम पठाइएको हो । एनआरएनएको केन्द्रीय खातामा सो रकम पठाइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले बारा र पर्साका हावाहुरी प्रभावीतको लागि ४ लाख ११ हजार रुपैयाँ सहयोग एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । एनआरएनए यूकेले लन्डनमा आयोजीत एक कार्यक्रमकाबीच एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्यलाई सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनएन यूके उपाध्यक्ष एवं आपत्तकालीन विभाग संयोजक सुशिला राईको संयोजकत्वमा संकलन […]