हावाहुरी प्रभावीतको लागि एनआरएनए कोरियाले पहिलो चरणमा पठायो ४ लाख २३ हजार १ सय ७७

कोरिया :  गैर आवासीय नेपाली संघ (एनआरएनए )कोरियाले हावाहुरी प्रभावीतको लागि पहिलो चरणमा आइसिसीको आपत्तकालीन कोषमा संकलीत रकममध्ये ४ लाख २३ हजार १ सय ७७ रुपैयाँ पठाएको छ । वारा र पर्सामा आएको हावाहुरी प्रभावीतको लागि संकलन भएको रकम आपत्तकालीन कोषमा पठाइएको एनआरएनएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले जानकारी गराउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार विभिन्न ब्यक्तीहरुबाट प्रतिबद्धता भई आए पनि संकलीन रकम भने खातामा पठाइएको हो । एनआरएनएका विभिन्न एनसिसीले संकलीत रकम आपत्तकालीन कोषमा जम्मा गरिरहेका छन् । सो रकम आइसिसीले हावाहुरी प्रभावीतलाई विरतण गरिरहेको जनाएको छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार ०९:३४