हावाहुरी प्रभावीतलाई एनआरएनए यूकेको ४ लाख ११ हजार : उपाध्यक्ष आचार्यलाई हस्तान्तरण

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले बारा र पर्साका हावाहुरी प्रभावीतको लागि ४ लाख ११ हजार रुपैयाँ सहयोग एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । एनआरएनए यूकेले लन्डनमा आयोजीत एक कार्यक्रमकाबीच एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्यलाई सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनएन यूके उपाध्यक्ष एवं आपत्तकालीन विभाग संयोजक सुशिला राईको संयोजकत्वमा संकलन गरिएको सहयोग रकम आइसिसी उपाध्यक्ष आचार्यलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा एनआरएनए उपाध्यक्ष कुल आचार्यले  एनआएनए यूके परोपकारी कार्यमा सदैव अगाडि हुने गरेको बताउनुभयो । उपाध्यक्ष आचार्यले आइसिसीले विभिन्न एनसिसीबाट संकलीत रकम हावाहुरी प्रभावीतलाई वितरण गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योग कुमार फगामीले एनआरएनए केन्द्रको हावाहुरी पीडितलाई सहयोग गर्न निर्देशन भएअनुसार आपत्तकालीन विभाग संयोजक राईको संयोजकत्वमा रकम संकलन भएको बताउँदै सहयोगी सबैलाई धन्यावाद ज्ञापन गर्नुभएको छ ।

आपत्तकालीन विभाग संयोजक राईले १० दिनमा भाइबारमार्फत सहयोग आह्रवान गरेर २ हजार ८ सय ३६ पाउन्ड अर्थात ४ लाख ११ हजार संकलन गर्न सफल भएको बताउनुभयो । छोटो समयमा सहयोग रकम राम्रो संकलन भएको भन्दै सहयोगी दातालाई धन्यवाद दिनुभयो । सहयोग संकलनमा एनआरएनए कोषाध्यक्ष सचीन श्रेष्ठको ठूलो योगदान रहेको र कोषाध्यक्ष श्रेष्ठसँगै नेप्लिज ओमन कम्युनिटी अध्यक्ष शशी थापालगायतको समूहलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

सो कार्यक्रममा आइसिसी जयप्रकास गुरुगं, एनआरएनए रोड सेप्टी संयोजक थर्क सेन, एनआरएनए यूके संरक्षक एवं पूर्व अध्यक्ष योगेन क्षत्री, रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, किरात राई यायोख्याका केन्द्रीय सदस्य नरेन्द्र राई, एनआरएनए यूके उपाध्यक्ष शेर सुनवार, पत्रकारहरु मिलन तमु र बाचस्पती रेग्मीलगायतको सहभागिता थियो । ।


प्रकाशित | २९ चैत्र २०७५, शुक्रबार १२:४२