सामाजिक अभियन्ता इन्दिरा रानामगरलाई एनआरएनए मकाउको सम्मान

मकाउ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मकाउले सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स (पिए ) नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरलाई सम्मान गरेको छ । यही अप्रिल १० र ११ तारिकमा मकाउ सरकारले आयोजना गरेको महिला तथा बालबालिकाको शिक्षा सम्बन्धि सम्मेलनमा भाग लिन आउनुभएको सामाजिक अभियन्ता रानालाई एनआरएनए मकाउले स्वागत तथा सम्मान गरिएको एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीले जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा अभियन्ता इन्दिरा राना र विशेष अतिथिको रुपमा एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) को सहभागितामा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको हो ।

सो अवसरमा अभियन्त रानाले महिलाहरु जहाँ बसे पनि सशक्त ढंगले अगाडि बढ्नपर्ने धारणा राख्नुभयो । अभियन्ता रानाले मकाउमा बस्ने नेपाली दिदीबहीनीहरुसँग आफनो अनुभव आदनप्रदान गर्नुभएको थियो एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङले मकाउमा महिला दिदीबहीनीहरु हरेक सामाजिक कार्यमा सक्रिय बन्दै गएकोमा खुसी ब्यक्त गर्नुभयो । सो अवसरमा राना र गुरुगुरुङद्धयले नयाँ वर्षको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।

एनआरएनए मकाउ उपाध्यक्ष मंगल राईको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार राम कार्की, राई समाजकी प्रतिनिधि तथा एनआरएनए मकाउ महिला फोरम संयोजक शर्मिला राईलगायतले धारणा राख्नुभएको थियो । हिमालयन हाउस नेपाली रेष्टुरेन्टमा भएको कार्यक्रम एनआरएनए मकाउका महासचिव पूर्ण गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा महिला दिदीबहीनीहरुको बाक्लो उपस्थिति थियो ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १६:२४