गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक

काठमाडौं : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्वउपाध्यक्ष सागर नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा इन्द्रकुमारी नेपालको मंगलबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

कतारका पुराना व्यवसायी तथा सामाजिक अगुवा समेत रहेका सागर नेपालकी आमा इन्द्रकुमारी नेपाल पछिल्लो समय अस्वस्थ रहनुभएको थियो । उहाँको काठमाडौ कलंकीमा अवस्थित निवासमै निधन भएको हो । स्व इन्द्रकुमारी नेपालको आजै पशुपती आर्यघाटमा अन्तेष्टि गरिएको छ । स्व इन्द्रकुमारीलाई सागरका दाईले दागबत्ती दिनुभएको थियो।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १७:५०