एनआरएनए जापानद्धारा क्षेत्रीय अधिवेशन र नयाँ सदस्यता आह्रवानको लागि कार्यतालिका सार्वजनीक

टोकियो : गैर आवासीय नेपाली संघ (जापान ) ले नवौं राष्ट्रिय अधिवेसनलाई मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन र नयाँ सदस्यता आह्रवानको लागि कार्यतालिका सार्वजनीक गरेको । एनसिसी जापानले क्षेत्रीय समितिहरुको अधिवेसन, नयाँ सदस्यता आह्वान र रासपको नबौं अधिवेसन सम्वन्धि कार्यतालिका सार्वजनिक गरेको हो ।

एनआरएनएन जापान महासचिव बुद्धिराज घिमिरेका अनुसार आगामी (२०१९ २०२१ ) कार्यकालको लागि अधिवेशनको कार्यतालिका सार्वजनीक गरिएको हो । यस्तो छ कार्यतालिका ;

नयाँ सदस्यता : (२०१९-२०२१ ) कार्यकालको लागि हुनेछ।
सदस्यता शुल्क : ¥१,००० लाग्ने छ।

Global MIS System बाट सदस्य बन्नु पर्ने छ र सो System सम्वन्धि अप्रिलको अन्तमा पत्रकार सम्मेलन गरि जानकारी दिईने छ।

२०१९ अप्रिल देखि २०१९ जुन ०४ तारिक सम्ममा सदस्य बनिसक्नु पर्नेछ ।

२०१९जुन ०५ तारिक मा पहिलो चरणको सदस्यता नामावली प्रकासन गरिने छ।

२०१९जुन ०६ तारिक देखि २०१९जुन ०८ तारिक सम्म सदस्यता सम्वन्धि दाबि बिरोध गर्ने समय रहने छ ।

२०१९जुन १० तारिकमा अन्तिम नामावली प्रकाशन गरिने छ।

२०१९ जुन २५ तारिक सम्ममा एनआरएनए परिचय पत्र बितरण गरिने छ !

२०१९ जुलाई ०१ तारिक देखि २०१९ जुलाई २९ सम्ममा १४ क्षेत्रीय समितिको अधिबेसन सम्पन्न गरिसक्नुपर्ने छ।

२०१९ अगष्टको अन्तसम्ममा रास्ट्रिय कमिटिको नवौं अधिबेसन सम्पन्न गरिने छ।

सदस्यता फाराम भर्दा ध्यानदिनु पर्ने बूँदाहरू  क्रमशः

.एनआरएनए जापानको बैंक खाता (Jp 10010-52370361 カイガイザイジュウネパールジンカイ) मा ¥१००० संगै बैंक भौचर दाखिला गर्नुपर्ने छ।

२ .सम्वन्धित सदस्यको फोटो ।

. रेसीडेन्स कार्डको कपि।

. जापान प्रवेश गरेको मिति देखिने गरि पासपोर्टको कपि।

५. पहिलो पल्ट जापान प्रवेश गरेको १८२ (६ महीना )दिन पुगेको हुनु पर्ने छ।

. सम्वन्धित सदस्यको मोवाईल नम्बर अनिवार्य हुनु पर्न छ।(मोवाईल नम्वरमा SMS मार्फत Varification code पठाउनु पर्ने भएकोले)

७. अन्य थप बिवरण आवेदनमा माग भए बमोजिम भर्नु पर्ने छ।

नोट-: एनआरएनए जापान लाई स्वोघोषित लगाएत बिभिन्न शिर्षकमा बुझाउनु पर्ने शुल्क पटक पटक ताकेता गर्दा पनी नबुझाएर संस्थाको कालो सूचिमा सूचीकृत व्यक्तिको सदस्य रद्ध गरिने छ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १३:२५