सल्यानको विकट गाउँमा बर्थिङ सेन्टर निमार्ण गर्दै एनआरएनए अमेरिका

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको एक एनसिसी एक च्यारिटी प्रोजेक्ट सल्यान जिल्लाको विकट गाउँमा सञ्चालन हुने भएको छ । पोजेक्टअनुसार जिल्लाको कुमाख गाउँपालिका वडा न.१ टाट्केमा एउटा प्रसुति गृह निमार्ण गरिने भएको हो । एक एनसिसी एक प्रोजेक्टको जिम्मेवारी पाउँनुभएको एनआरएनए अमेरिकाका उपाध्यक्ष कुष्णजीवी पन्तले प्रोजेक्ट सम्पन्न गर्नको लागि गाँउपालीका र […]

टेक्ससमा ‘नेपाली युवा सम्मेलन’, ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ को घोषणा

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको युथ र स्टुडेन्ट विभागको आयोजनामा अमेरिकामा पहिलो पटक युवा-विद्यार्थी समस्याका विषयमा छलफलको प्रारम्भ भएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक भएको कार्यक्रम युवा-विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो । कार्यक्रममा युवा तथा विद्यार्थीका समग्र विषयमा छलफल हुनका साथै समस्या समाधानमा खेल्नुपर्ने भूमिकाको विषयमा पनि सुझाव आएको थियो । […]

गैर आवासीय नेपालीलाई बालीकमताधिकारको लागि पहल गरिदिन माग

हङकङ:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ टोलीले गैर आवासीय नेपालीलाई विदेशमा रहेता पनि नेपाली नागिरक भएको कारण निर्वाचनमा मत दिन पाउँने गरि बालीका मताधिकार (भोटिङ राईट्स ) र नेपाली नागरिकताको निरन्तरताको लागि पहल गरिदिन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) सँग माग गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ […]

नेपालीलाई हङकङ भिसा खुला गर्न कुटनीतिक पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन

काठमाडौं : परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपालीलाई हङकङ भिसा खुला गर्न सक्दो छिटो कुटनीतिक पहल गर्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), हङकङको टोलीले मन्त्री ज्ञवालीलाई भेट गरि नेपालीलाई हङकङ भिसा खुला गर्न माग गरेपछि मन्त्रीले आफनो तर्फबाट छिटो भन्दा छिटो कुटनीतिक रुपमा पहल गर्ने बताउनुभएको हो । नेपालीलार्इ हङकङ भिसा समस्या समाधानका लागि […]

हङकङमा नेपालीका लागि रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न नेपाल सरकारसँग एनआरएनएको माग

हङकङ :  गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले लामो समयदेखि नेपालीका लागि बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए हङकङको टोलीले श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई भेटी  बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न  माग गरेको हो । एनआरएनए […]

एनआरएनए चीनका अध्यक्ष न्यौपानेलाई पितृशोक

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनका अध्यक्ष प्रदिप न्यौपानेलाई पितृशोक परेको छ । अध्यक्ष न्यौपानेको पिता मोहन बहादुर न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको हो ।पिता मोहन बहादुर विं.सं १९९६ मा जन्मनु भएको थियो ।न्यौपाने परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस विश्व सन्देश खवर डट कम परिवार हार्दिक समाबेदना प्रकट गर्दछौं ।

मेरो चरित्रहत्या गर्ने प्रयास गरियो, गलत प्रचार गर्ने विरुद्ध कानूनी लडाई लड्छु: सोनाम लामा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाले गैर आवासीय नेपाली संघको भवन रहेको जग्गा सम्बन्धमा आफनो नाम जोडेर चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै गलत प्रचार गर्ने विरुद्ध कानूनी लडाई लड्ने बताउनुभएको छ । सामाजीक सञ्जाल फेसबुकमार्फत उपाध्यक्ष लामाले एक वक्तब्य जारी गर्नुहुँदै आफूलाई नियोजीत रुपमा बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा […]