गैर आवासीय नेपालीलाई बालीकमताधिकारको लागि पहल गरिदिन माग

हङकङ:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ टोलीले गैर आवासीय नेपालीलाई विदेशमा रहेता पनि नेपाली नागिरक भएको कारण निर्वाचनमा मत दिन पाउँने गरि बालीका मताधिकार (भोटिङ राईट्स ) र नेपाली नागरिकताको निरन्तरताको लागि पहल गरिदिन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) सँग माग गरेको छ ।

एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ र आईसीसी सदस्य दासुराम पराजुलीले अध्यक्ष दाहालसँग भेट गर्नुहुँदै गैर आवासीय नेपाली नागरिकताको निरन्तरतासँगै बालिका मताअधिकारको लागि नेपाल सरकारसँग पहल गरिदिन माग गर्नुभएको हो ।

नेपालको संविधानले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको गैर आवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरता गर्ने ज्ञारेन्टी गरेपनि बालिका मताधिकारको ब्यवस्था नगरिएको भन्दै एनआरएनए हङकङ टोलीले अध्यक्ष दाहाल समक्ष नेपाल सरकारसँग पहल गरिदिन माग गरेको हो ।

एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङले गैर आवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरतासँगै बालिका मताअधिकारको ब्यवस्था हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष दाहालसमक्ष सो माग गरिएको बताउनुभयो ।

साथै हङकङमा लामो समयदेखि नेपालीका लागि बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पनि नेपाल सरकारमार्फत पहल गरिदिन आग्रह गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । सो अवसरमा दाहालले आफनो तर्फबाट बालिका मताधिकारको लागि सक्दो प्रयास गर्ने बताउनुभएको थियो ।

 


प्रकाशित | १२ फाल्गुन २०७६, सोमबार १०:४८