मेरो चरित्रहत्या गर्ने प्रयास गरियो, गलत प्रचार गर्ने विरुद्ध कानूनी लडाई लड्छु: सोनाम लामा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाले गैर आवासीय नेपाली संघको भवन रहेको जग्गा सम्बन्धमा आफनो नाम जोडेर चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै गलत प्रचार गर्ने विरुद्ध कानूनी लडाई लड्ने बताउनुभएको छ । सामाजीक सञ्जाल फेसबुकमार्फत उपाध्यक्ष लामाले एक वक्तब्य जारी गर्नुहुँदै आफूलाई नियोजीत रुपमा बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा सम्बन्धमा जोडेर चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै खण्डन गर्नुभएको हो ।

लामाले वक्तब्य जारी गर्दै भन्नुभएको छ, ‘एनआरएनए भवन रहेको जग्गा रहेको विषयलाँई लिएर विभिन्न सामाजीक सञ्जाल र अनलाइनहरुमा आएको खवरप्रति मेरो गम्भिर ध्यानर्कषण भएको छ । जग्गा खरिद गर्दा संघको कुनै कार्यकारी पदमा नभएको र तत्कालीन नेतृत्वले नै सबै निर्णय गरेको हो । म सधै नै संघको हितका लागि निस्वार्थ भावनाले काम गर्दै सधै साथ दिर्दै आएको यहाँहरुलाई अवगत नै छ ।’

उपाध्यक्ष लामाले थप्दै भन्नुभएको छ, ‘हाल पनि म संघको लागि कुनै प्रलोभन बिना निस्वार्थ हिसावले काम गर्दै आएको छु । कुनै आधार र प्रमाण विना कपोल कल्पित रुपमा आर्थिक चलखेल जस्तो गम्भिर आरोप लगाउनु मान्य हुन सक्दैन र यो साधारण पत्रकारिताको मर्म समेत विपरीत छ । यस सम्बन्धमा हुने जुनसुकै छानबीनलाई सघाउन म तयार रहेको जानकारी गराउन चाहान्छु । विना आधार आरोप लगाउने कार्यप्रति सजग रहन समेत सबैमा अनुरोध गर्दछु । मेरो नाम राखेर चरित्रहत्या गर्ने नियतले आरोप लगाउनेहरु प्रति कानूनी कारवाही अघि बढाउन सक्ने तर्फ सम्बन्धीत सबैलाई सचेत गराउँदछु ।’

लामाले विश्व सन्देश अनलाइनसँग कुराकानी गर्दै सो जग्गा खरिद गर्दा संघले सबै कानूनी प्रक्रिया पूरा गरि किनेको, संघले जग्गा खरिद गर्दा खरिद गर्न लागेको जग्गाको विवरण सहित राजश्व मिनाहाका लागि नेपाल सरकारमा निवेदन दिएको र भूमीसुधार तथा व्यवस्थाको प्रस्ताव अनुसार मिति २०७२ बैशाख ३१ को नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बाट रु ५० लाख ८८ हजार बराबरको राजश्व समेत मिनाहा भएको भनी संघको यसअघि बसेको आइइएसको बैठकले आधिकाारिक धारणा सार्वजनीक गरि कानूनी लडाईको लागि एक समिति समेत बनाइसकेको अवस्थामा आफनो नियोजीत रुपमा चरित्रहत्याको प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको हो । लामाले जारी गर्नुभएको वक्तब्य जस्ताको तस्तै, :-

 


प्रकाशित | १ फाल्गुन २०७६, बिहीबार २२:४७