चाँगुनारायण नगरबासीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने , वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगार/स्वरोजगार बन्न प्रेरित गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई सामाजीक सुरक्षा कोषमा आबद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले सो नीति समावेश गर्नु भएको हो । नगरपालिकाले बेरोजगारी ब्यक्तीहरुको लगत संकलन गरी सूचीकृत भएका बेरोजगार ब्यक्तीहरुलाई श्रमको सम्मानसहित प्राथमिकताका आधारमा सार्वजनीक विकास निर्माणका कार्य, सहकारी, निजी तथा गैरसरकारी संघसंस्था, ब्यक्ती तथा समुदायका […]

कागेश्वरी मनोहरा नगरपालिकाको वडालाई अधिकार प्रत्यायोजन, निश्चित रकम वडाबाटै खर्च गर्न सकिने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले निश्चित रकम बरावरको चालु तथा पूँजीगत खर्च वडा कार्यालयबाटै गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नगर प्रमुख उपेन्द्र काकीले निश्चित रकम सम्मको खर्च वडा कार्यालयबाटै गर्ने ब्यवस्था गरिने उल्लेख गर्नु भएको हो । नगरपालिकाले दुई वा तीन वटा वडामा एक जना लेखाको कर्मचारीले हेर्ने गरि आर्थिक […]

अरनीको राजमार्ग आसपास वृक्षारोपण, सूर्यविनायकका मेयर थापाद्धारा उद्घाटन

भक्तपुुर: राष्ट्रको लागि दुई घन्टा अभियान अन्तर्गत अरनिको राजमार्ग आसपासमा वृक्षारोपण गरिएको छ । राजमार्ग अन्र्तगत पर्ने सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाको क्षेत्रमा वृक्षारोपण गरिएको हो । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर उपप्रमुख सरिता तिमिल्सिना […]

चाँगुनारायण-५ छालिङको मत्छेनारायण मन्दिरमा एक महिने अधिकमास मेला लाग्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाको वडा नंं ५ (छालिङ) गोकुल गाउँमा अबस्थित मत्छेनारायण मन्दिरमा साउन २ गते अर्थात मंगलबारदेखि अधिकमास मेला लाग्ने भएको छ । हरेक तीन/तीन वर्षमा लाग्ने मेला यो वर्ष साउन २ देखि शूरु भई एक महिनासम्म धुमधामसम्म मनाइन लागिएको हो । मत्छेनारायण मन्दिरमा सप्तऋषी, श्रीकृष्ण बर्देश्वर महादेव र ६४ शिवलगातय मन्दिर पनि छन् । […]

चाँगुनारायणले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषय समावेश गर्ने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषयलाई समावेश गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले स्थानीय पाठ्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विषयलाई समावेश गर्ने उल्लेख गर्नु भएको हो । नगरपालिकालाई विपद् जोखिमबाट सुरक्षित, अनुकूलित तथा उत्थानशील नगरपालिकाको रुपमा स्थापीत गर्ने, […]

सूर्यविनायकले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्न दिने जग्गाधनीलाई सम्पत्ती करमा ५० प्रतिशत छुट दिने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले कृषि क्षेत्रलाई पनि विशेष प्राथमिकता दिदैं नीति तथा कार्यक्रम बनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदैं नगरपालिकाले कृषि तथा पशुपन्छी क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रीकीकरण एवं बजारीकरणका साथै समग्र विकास गर्न नगर कृषि गुरु योजना तर्जुमा गर्ने भएको छ । “कृषि प्राविधिक कृषक […]

‘लम्पि स्किन’ रोग फैलन नदिन चाँगुनारायण नगरपालिकाका विभिन्न ठाउँमा खोप लगाउने कार्य जारी

भक्तपुर: चाँगुनारायण नगरपालिकाले लम्पि स्किन रोग फैलन नदिन विभिन्न ठाउँमा खोप लगाउने कार्य जारी राखेको छ । नगरपालिकाले रोग फैलन नदिनका लागि रोग नफैलिएका क्षेत्रहरुका खोप कार्यक्रम जारी राखेको हो । पशु विकास अधिकृत खड्ग कुमार मैनालीले खोप कार्यक्रमका लागि विभिन्न पशु सेवा केन्द्रमा पशु स्वास्थ्यकर्मीहरु परिचालन गरिएकाले सम्पर्क गर्न आग्रह गर्नु भएको छ । […]