अरनीको राजमार्ग आसपास वृक्षारोपण, सूर्यविनायकका मेयर थापाद्धारा उद्घाटन

भक्तपुुर: राष्ट्रको लागि दुई घन्टा अभियान अन्तर्गत अरनिको राजमार्ग आसपासमा वृक्षारोपण गरिएको छ । राजमार्ग अन्र्तगत पर्ने सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाको क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा र मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई र नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायत राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि र सर्वसाधारणको बाक्लो सहभागिता थियो ।

१९ औं हप्तामा राष्ट्रको लागि दुई घन्टा अभियान अरनीको राजमार्ग केन्द्रित गरिएको थियो ।


प्रकाशित | ३० असार २०८०, शनिबार २१:११