चाँगुनारायण नगरबासीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने , वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगार/स्वरोजगार बन्न प्रेरित गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले नगरबासीलाई सामाजीक सुरक्षा कोषमा आबद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले सो नीति समावेश गर्नु भएको हो ।

नगरपालिकाले बेरोजगारी ब्यक्तीहरुको लगत संकलन गरी सूचीकृत भएका बेरोजगार ब्यक्तीहरुलाई श्रमको सम्मानसहित प्राथमिकताका आधारमा सार्वजनीक विकास निर्माणका कार्य, सहकारी, निजी तथा गैरसरकारी संघसंस्था, ब्यक्ती तथा समुदायका लागि आवश्यक श्रम शक्ती उपलब्ध गराउने माध्यमका रुपमा काम गर्ने नीति लिने भएको छ ।

युवा रोजगारीका लागि रुपान्तरणा, पहल, परियोजना र पारिश्रमीकमा आधारित सामुदायिक आयोजनालाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुका लागि सीप र दक्षताअनुसारको रोजगारी तथा स्वरोजगारीका लागि उत्प्रेरित गर्ने पनि नीति ल्याएको छ ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केकाहरुका पुन एकीकरण र वैदेशिक रोजगारीमा जान चाहनेहरुको श्रम स्वीकृत, पुन श्रम स्वीकृतीका लागि सहजीकरण गर्ने र पञ्चवर्षीय रोजगार रणनीति र रोजगार सम्वाद मञ्चको निरन्तर कार्यान्वयन गर्ने भएको छ ।


प्रकाशित | ३० असार २०८०, शनिबार २२:११