चाँगुनारायण-५ छालिङको मत्छेनारायण मन्दिरमा एक महिने अधिकमास मेला लाग्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाको वडा नंं ५ (छालिङ) गोकुल गाउँमा अबस्थित मत्छेनारायण मन्दिरमा साउन २ गते अर्थात मंगलबारदेखि अधिकमास मेला लाग्ने भएको छ । हरेक तीन/तीन वर्षमा लाग्ने मेला यो वर्ष साउन २ देखि शूरु भई एक महिनासम्म धुमधामसम्म मनाइन लागिएको हो ।

मत्छेनारायण मन्दिरमा सप्तऋषी, श्रीकृष्ण बर्देश्वर महादेव र ६४ शिवलगातय मन्दिर पनि छन् । तीन सय वर्ष पुरानो मन्दिरमा हजारौ भक्तजनहरुले पूजाआजा गर्नुका साथै दर्शन गर्दै आउनु भएको छ ।

स्थानीय गोकर्ण पुरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मन्दिरलाई पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिदैं आइएको छ ।

हिन्दू धर्ममा अधिक मासलाई विशेष महत्त्व दिइएको हुन्छ । अधिक मास परेको महिनामा धार्मिक कार्यसँग सम्बन्धित गतिविधिहरू गरेर विशेष पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गरिदैं आएको छ । अधिकमासलाई मलमास, पुरुषोत्तम पनि भनिन्छ।


प्रकाशित | ३० असार २०८०, शनिबार २०:३०