‘लम्पि स्किन’ रोग फैलन नदिन चाँगुनारायण नगरपालिकाका विभिन्न ठाउँमा खोप लगाउने कार्य जारी

भक्तपुर: चाँगुनारायण नगरपालिकाले लम्पि स्किन रोग फैलन नदिन विभिन्न ठाउँमा खोप लगाउने कार्य जारी राखेको छ ।

नगरपालिकाले रोग फैलन नदिनका लागि रोग नफैलिएका क्षेत्रहरुका खोप कार्यक्रम जारी राखेको हो ।

पशु विकास अधिकृत खड्ग कुमार मैनालीले खोप कार्यक्रमका लागि विभिन्न पशु सेवा केन्द्रमा पशु स्वास्थ्यकर्मीहरु परिचालन गरिएकाले सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।

लम्पि स्किन रोग गाईभैसीमा भाईरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दानपानी कम खाने, दुध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाठोहरु देखिने, र्‍याल सिगा बग्ने, कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निने जस्ता लक्षणहरु देखिन्छन् ।

यस रोगले मुख्यतय बाच्छा, बाँच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दुध दिने दुधालू र गर्भिणी गाईभैसीलाई बढी असर गर्छ ।


प्रकाशित | २८ असार २०८०, बिहीबार २१:५१