कस्तो होला तीनवटा आँखा भएको सर्प ?

अस्ट्रेलियाको उत्तरी क्षेत्रमा तीनवटा आँखा भएको सर्प भेटिएको छ । वन्यजन्तु विभागका अधिकारीले तीनवटा आँखा भएको तस्बिर साझा गर्दै सर्प अस्ट्रेलियाको उत्तरी क्षेत्रको सडकमा भेटिएको उल्लेख गरेका छन् । द नर्दन टेरिटोरी पार्कस तथा वाइल्ड लाइभ सर्भिसले यस्तो सर्प भेटिनुलाई आश्चर्य भनेको छ । कार्पेट पाइथनको बच्चा मार्चमा भेटिएको हो । मोन्टी पाइथन उपनाम पाएको सर्प […]

नारुहितो बने नयाँ सम्राट: जापानमा नयाँ युगको आरम्भ

जापानको नयाँ सम्राटका रुपमा नारुहितो बनेका छन् । नयाँ सम्राट बनेसँगै बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। नारुहितो जापानको १२६औँ सम्राट बनेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ वर्षको उमेरमा जापानको युवराज बनेका थिए।  जापानमा सम्राटले आफू बाँचुञ्जेल गद्दीत्याग्न नपाइने परम्परा र कानुन छ। तर अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य […]

जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा: को बन्ला नयाँ सम्राट ?

जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन्। जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे। दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्। यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित […]

गद्दी त्याग्दै जापानी राजा अकिहितो

एजेन्सी: जापानी सम्राट अकिहितोले गद्दी त्याग्दै छन्। जापानी राजसंस्थाको २०० वर्षको इतिहासमा गद्दी त्याग्ने अकिहितो जापानको पहिलो राजा हुनेछन्। ८५ वर्षीय सम्राटले आफ्नो उमेर र स्वास्थ्यका कारण पद सम्हाल्न नसक्ने बताएपछि कानुनीरूपमै अनुमति दिइएको जापानी समाचार संस्थाले जनाएका छन्।अकिहितोका छोरा क्राउन प्रिन्स नरुहितोले बुधबारदेखि राजगद्दी सम्हाल्दै नयाँ युगको सुरुवात गर्ने जनाइएको छ। कुनै पनि राजनीतिक […]

स्पेन निर्वाचनमा समाजवादी दल विजयी

स्पेनमा सत्तारूढ समाजवादी पार्टीले निर्वाचनमा आफू विजयी भएको दाबी गरेको छ। निर्वाचनमा प्रधानमन्त्री पेड्रो सान्चेथको दलले २९ प्रतिशत मत ल्याएको छ। सरकार बनाउन उसलाई वामपन्थी पोडेमोस तथा क्षेत्रीय दलहरूको वा मध्यदक्षिणपन्थी दलको समर्थन आवश्यक पर्दछ।  बीबीसीले जनाएअनुसार सन् १९७० मा सैन्य शासन सकिएपछि पहिलो पटक अतिदक्षिणपन्थी दलले पनि संसद्‌मा प्रवेश पाउने भएको छ। भोक्स नामक […]

‘एयर इन्डिया’को सर्बर डाउन: १ सय ३७ उडान डिले

काठमाडौं: भारतीय राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया को सर्बर डाउन हुँदा १ सय ३७ उडान डिले भएको छ । चेक इन सर्बरुमा प्राविधिक समस्या देखिएपछि आइतबार एयर इन्डिया का १ सय ३७ उडान ढिलो गरी उडान भएको हो । सोमबार पनि समस्या उस्तै रहेको कम्पनीले जनाएको छ। यो समस्यालाई जतिसक्दो छिटो समाधान गर्ने प्रयास भइरहेको पिन […]

संसारमा अहिले नातिनातिनीभन्दा बाजेबजै धेरै

इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ […]