कस्तो होला तीनवटा आँखा भएको सर्प ?

अस्ट्रेलियाको उत्तरी क्षेत्रमा तीनवटा आँखा भएको सर्प भेटिएको छ । वन्यजन्तु विभागका अधिकारीले तीनवटा आँखा भएको तस्बिर साझा गर्दै सर्प अस्ट्रेलियाको उत्तरी क्षेत्रको सडकमा भेटिएको उल्लेख गरेका छन् । द नर्दन टेरिटोरी पार्कस तथा वाइल्ड लाइभ सर्भिसले यस्तो सर्प भेटिनुलाई आश्चर्य भनेको छ । कार्पेट पाइथनको बच्चा मार्चमा भेटिएको हो । मोन्टी पाइथन उपनाम पाएको सर्प भेटिएको केही दिनपघि मरेको थियो । टाउकोको माथिल्लो भागका सर्पको तेस्रो आँखा थियो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार ११:४७