नारुहितो बने नयाँ सम्राट: जापानमा नयाँ युगको आरम्भ

जापानको नयाँ सम्राटका रुपमा नारुहितो बनेका छन् । नयाँ सम्राट बनेसँगै बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। नारुहितो जापानको १२६औँ सम्राट बनेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ वर्षको उमेरमा जापानको युवराज बनेका थिए।  जापानमा सम्राटले आफू बाँचुञ्जेल गद्दीत्याग्न नपाइने परम्परा र कानुन छ। तर अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए।

सन् २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन्। सम्राट अकिहितोले गद्दीत्यागका लागि गरेको आग्रहले हालै स्वीकृति पाएको थियो। राष्ट्रप्रमुखको भूमिका रहेको जापानमा सम्राटको कुनै राजनीतिक भूमिका भने छैन। राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।

नारुहितो जापानका १२६औँ सम्राट हुन्। उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन्। उनी २८ वर्षको उमेरमा राजसंस्थाको उत्तराधिकारी घोषित भएका थिए। नारुहितो र मासाकोको विवाह सन् १९९३ मा भएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो। उनीहरूको भेट सन् १९८६ मा भएको बताइन्छ। मासाकोले पछि सञ्चारकर्मीहरूलाई युवराज नारुहितोले आफूसँग विवाह गर्न प्रस्ताव गरेको बताएकी थिइन्।

उनका अनुसार नारुहितोले उनलाई तिमीलाई राजपरिवारमा आउन डर र सङ्कोच लागेको हुन सक्छ। तर म आजीवन तिम्रो रक्षा गर्नेछुू भनेकाले उनले त्यो प्रस्ताव स्वीकारेकी थिइन्।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ११:५६