‘एयर इन्डिया’को सर्बर डाउन: १ सय ३७ उडान डिले

काठमाडौं: भारतीय राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया को सर्बर डाउन हुँदा १ सय ३७ उडान डिले भएको छ । चेक इन सर्बरुमा प्राविधिक समस्या देखिएपछि आइतबार एयर इन्डिया का १ सय ३७ उडान ढिलो गरी उडान भएको हो । सोमबार पनि समस्या उस्तै रहेको कम्पनीले जनाएको छ। यो समस्यालाई जतिसक्दो छिटो समाधान गर्ने प्रयास भइरहेको पिन कम्पनीले जनाएको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १५:०७