स्पेन निर्वाचनमा समाजवादी दल विजयी

स्पेनमा सत्तारूढ समाजवादी पार्टीले निर्वाचनमा आफू विजयी भएको दाबी गरेको छ। निर्वाचनमा प्रधानमन्त्री पेड्रो सान्चेथको दलले २९ प्रतिशत मत ल्याएको छ। सरकार बनाउन उसलाई वामपन्थी पोडेमोस तथा क्षेत्रीय दलहरूको वा मध्यदक्षिणपन्थी दलको समर्थन आवश्यक पर्दछ।  बीबीसीले जनाएअनुसार सन् १९७० मा सैन्य शासन सकिएपछि पहिलो पटक अतिदक्षिणपन्थी दलले पनि संसद्‌मा प्रवेश पाउने भएको छ।

भोक्स नामक सो दलले बहुसंस्कृति, नारीवाद र अनियन्त्रित आप्रवासनको विरोध गर्छ। यो निर्वाचनमा गत वर्ष मे महिनामा अविश्वासको मतका कारण सरकारबाट बाहिरिन बाध्य भएको पपुलर पार्टी  पीपीले राम्रो परिणाम ल्याउन सकेन। पहिला १३७ सांसद भएको सो दलले यसपालि ६६ स्थानमा मात्रै जित्यो। स्पेनको संसद्‌मा ३५० सदस्य हुन्छन्।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १५:१४