युक्रेनमा चौबीसौं दिनसम्म पनि रुसको निरन्तर आक्रमण, ब्यारेकमा हमला हुदाँ सय बढी हताहत

काठमाडौँ –युक्रेनमा चौबीसौं दिनसम्म पनि रुसले निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो पटक दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने साक्षी र अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । समाचारमा जनाइएअनुसार सो क्षेत्रमा ६ ओटा […]

बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश, दोस्रोमा युएई, तेस्रोमा साउदी र चौथोमा कुवेत

बहराईन – बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश बन्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ का अनुसार बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश बन्न सफल भएको हो । बहराईन विश्वको १४६ देशमध्ये २१ औँ स्थानमा छ । गत वर्षको तुलनामा १४ स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष बहराईन ३५ औँ स्थानमा थियो । […]

म्यानमारले अप्रिल १७ देखि अन्तर्राष्ट्रिय सिमा खोल्ने

म्यानमारले अप्रिल १७ देखि अन्तर्राष्ट्रिय यात्रुका लागि उडानहरू सुचारु गर्ने भएको छ । विदेशी पर्यटकहरूमाथि दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाउँदै उडानहरु सुचारु गर्ने भएको हो । म्यानमारले कोरोना भाइरस महामारीको सुरुमा मार्च २०२० मा आफ्नो सिमाना नाका बन्द गरेको थियो । एक विज्ञप्तिमा यो निर्णय पर्यटन व्यवसाय क्षेत्र सुधार गर्न र म्यानमार भ्रमण गर्न आउने […]

कतार र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

दोहा –  कतार र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको ५० वर्ष पूरा भएको छ । सन् १९७१ मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि कतारले संयुक्त राज्य अमेरिकासँग बलियो द्विपक्षीय सम्बन्ध कायम राख्दै आएको छ । दुवै देशले निरन्तर संवाद, साझेदारी र दीर्घकालीन सहयोग तथा आपसी लगानी गर्दै आइरहेका छन्। दोहास्थित अमेरिकी राजदूत नाताली बेकरले क्षेत्रीय र […]

फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देश, दक्षिण एसियामा नेपाल

काठमाडौं– फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ का अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा पर्न सफल भएको हो । सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा […]

कुवेतले माग्यो एक हजार विदेशी शिक्षक, रोजगारीका लागि आवेदन खुलाइयो

कायरो – कुवेतले १ हजार नयाँ विदेशी शिक्षकहरूलाई रोजगारी दिन आवेदन खुलाएको छ । केही विशिष्टताहरूमा रहेको कमीलाई कम गर्न गैर-कुवेती बासिन्दाहरूका लागि आवेदन खुलाइएकोमा आवेदनहरू प्राप्त गर्न थालीएको जनाएको छ । शिक्षा मन्त्रालयले अर्को विद्यालय वर्षको लागि ११ विभिन्न विषयहरू पढाउन गैरकुवेती शिक्षकहरूको लागि रिक्त पदहरू रहेको बताएको छ । पुरुष उम्मेद्वारहरूको लागि अंग्रेजी, […]

मलेसियाले गर्‍यो साउदी अरबमा भएको ड्रोन आक्रमणको विरोध, यमन द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह

क्वालालम्पुर – मलेसियाले साउदी अरेबियाको एयरपोर्ट र तेल प्रशोधन केन्द्रहरूमा भएको हालैका आक्रमणको विरोध जनाएको छ । मलेसियाले नागरिक क्षेत्र र सुविधाहरूलाई लक्षित गर्दै हुथीहरूले साउदीमा निरन्तर ड्रोन आक्रमण गरेको भन्दै निन्दा गरेको हो। परराष्ट्र मन्त्रालयले बिहीबार राति यहाँ एक विज्ञप्ति जारी गर्दै आक्रमणबाट घाइते भएका र सम्पत्तिमा क्षति पु¥याएकाहरुप्रति समवेदना प्रकट गरेको जनाएको छ […]