कुवेतले माग्यो एक हजार विदेशी शिक्षक, रोजगारीका लागि आवेदन खुलाइयो

कायरो – कुवेतले १ हजार नयाँ विदेशी शिक्षकहरूलाई रोजगारी दिन आवेदन खुलाएको छ । केही विशिष्टताहरूमा रहेको कमीलाई कम गर्न गैर-कुवेती बासिन्दाहरूका लागि आवेदन खुलाइएकोमा आवेदनहरू प्राप्त गर्न थालीएको जनाएको छ ।

शिक्षा मन्त्रालयले अर्को विद्यालय वर्षको लागि ११ विभिन्न विषयहरू पढाउन गैरकुवेती शिक्षकहरूको लागि रिक्त पदहरू रहेको बताएको छ ।

पुरुष उम्मेद्वारहरूको लागि अंग्रेजी, फ्रान्सेली, गणित, विज्ञान, भौतिक विज्ञान, जीवविज्ञान, भूविज्ञान, दर्शन विषय समावेश छ।

संगीत, भौतिकशास्त्र, गणित र अंग्रेजी पढाउन महिला शिक्षक आवश्यक रहेको जनाइएको छ। आवेदनहरू मन्त्रालयको वेबसाइट मार्फत प्राप्त गर्न सकिने बताइएको छ ।


प्रकाशित | ४ चैत्र २०७८, शुक्रबार २२:५४