बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश, दोस्रोमा युएई, तेस्रोमा साउदी र चौथोमा कुवेत

बहराईन – बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश बन्न सफल भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ का अनुसार बहराईन मध्यपूर्वको सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।

बहराईन विश्वको १४६ देशमध्ये २१ औँ स्थानमा छ । गत वर्षको तुलनामा १४ स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष बहराईन ३५ औँ स्थानमा थियो ।

रिपोर्ट अनुसार मध्यपूर्वको दोस्रो सबैभन्दा खुसी देशमा युएई, तेस्रोमा साउदी अरव र चौथोमा कुवेत परेका छन् ।

रिपोर्टअनुसार विश्वमै फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ । सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् ।

नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ ।

मध्यपूर्वको शीर्ष १२ भित्र पर्ने सबैभन्दा खुसी देशहरु


प्रकाशित | ५ चैत्र २०७८, शनिबार २१:०६