म्यानमारले अप्रिल १७ देखि अन्तर्राष्ट्रिय सिमा खोल्ने

म्यानमारले अप्रिल १७ देखि अन्तर्राष्ट्रिय यात्रुका लागि उडानहरू सुचारु गर्ने भएको छ । विदेशी पर्यटकहरूमाथि दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाउँदै उडानहरु सुचारु गर्ने भएको हो ।

म्यानमारले कोरोना भाइरस महामारीको सुरुमा मार्च २०२० मा आफ्नो सिमाना नाका बन्द गरेको थियो ।

एक विज्ञप्तिमा यो निर्णय पर्यटन व्यवसाय क्षेत्र सुधार गर्न र म्यानमार भ्रमण गर्न आउने आगन्तुकहरूको सहज यात्राको लागि गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार म्यानमार आउन पूर्ण खोप नलगाएका यात्रुले एक हप्ताको क्वारेन्टाइन बस्नुपर्नेछ । पूर्ण खोप लगाएकाले भने आगमन पुर्व  पीसीआर परीक्षण गरेको रिपोर्ट बुझाउनुपर्नेछ ।


प्रकाशित | ५ चैत्र २०७८, शनिबार १५:२७