६१९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो तथा एमाले दोस्रो स्थानमा

काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ । स्थानीय तहमा २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ । अझै पनि […]

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेको दोब्बर बढीले अग्रता, कसको कति मत ?

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेले दोब्बर मतका साथ अग्रता लिएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बाशुदेव थापाले दोब्बर मतका साथ अग्रता लिनुभएको हो । ४५० मत गन्दा थापाले २१८ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उप प्रमुखकी एमाले उमेदवार सरिता भट्टराईले पनि २१८ मत नै प्राप्त गर्नु […]

स्थानीय तह मतपरिणाम : मनाङमा कांग्रेस र एमालेको विजयी सुरुवात

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा देशका विभिन्न पालिकाहरुमा मतगणना सुरु भएको छ । मनाङका दुई पालिकाका अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । चामे गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मत ल्याउँदा नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभयो । यसअघि घले २०७४ सालको […]

स्थानीय तह निर्वाचन : देशभरका २६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन सकेन

काठमाडौँ । आज देशभरका २६ मतदानस्थलका ४१ मतदान केन्द्रमा मतदान हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशभरका २६ मतदानस्थलका ४१ केन्द्रमा मतदान हुन नसकेको हो। विवाद भएका सबै मतदानस्थलमा शुक्रबार मतदान स्थगित भएको छ। अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय […]

मध्याह्नसम्म ३५ प्रतिशत मतदान, केही घटनाका कारण मतदान प्रभावित

काठमाडौँ । मुलुकभर आज भइरहेको स्थानीय तह निर्वाचनमा मध्याह्नसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । आयोगका अनुसार १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको छ । अधिकांश स्थानमा शान्तिपूर्ण मतदान नै भइरहेको तर केही स्थानमा छिटफुट घटनाहरुका कारण मतदान प्रभावित […]

देशभर शान्तिपूर्ण रूपमा मतदान चल्दै : निर्वाचन आयोग

काठमाडौँ । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अघि ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता […]

देशभर स्थानीय तह निर्वाचनको मतदान सुरु, जनप्रतिनिधि छनोट गर्न मतदाता मतदान केन्द्रमा लामबद्ध

काठमाडौँ । देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय […]